अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीको भाडा घट्यो
वि.सं.२०७९ असार १२ आइतवार ११:५८
shares

काठमाडौं। सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीको भाडा घटाएको छ । शनिबार राति बाट पेट्रोलियम पदार्थको मूल्य घटेएलगत्तै सरकारले सार्वजनिक सवारीको भाडा घटाएको हो ।
यात्रुबाहक सवारीको भाडा ५.४१, पहाडी बाटोमा चल्ने मालबाहक सवारीको ६.९७ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहक सवारीको भाडा ७.६८ प्रतिशतले घटेको छ ।





































