kumari
stcnepal

क्यानडा टुर र लिग–२ का लागि नेपाली क्रिकेट टोली घोषणा

काठमाडौं ।क्यानडा टुर र लिग–२ का लागि नेपाली क्रिकेट टोली घोषणा भएको छ । लिग–२ का लागि अमेरिका भ्रमण गरेको टिमबाट सुनिल धमला, सुशन भारी र सागर ढकाल टिम बाहिर परेका छन् । बसिर अहमद र पवन सर्राफ भने टिममा अटाएका छन् ।

टोलीका अन्य सदस्यहरुमा उपकप्तान रोहित पौडेल, कुशल भुर्तेल, विकेट किपर आसिफ शेष, देव खनाल, दीपेन्द्र सिंह ऐरी, आरिफ शेष, करन केसी, सोमपाल कामी, आदिल अन्सारी, किशोर महतो र विनोद भण्डारी छन् ।

नेपालले क्यानडा सँग २ एक दिवसीय शृङ्खला खेल्ने छ । नेपाली टिम खेलका लागि असार १४ गते राति २ देखि ३ बजे भित्रको समयमा क्यानडा उड्ने गरी टिकटको व्यवस्थापनमा लागेको नेपाल क्रिकेट संघ (क्यान) का म्यानेजर विनोद दासले जानकारी दिए ।

नेपालले असार १७ ओन्टारियो सँग एक दिवसीय अभ्यास खेल खेल्नेछ । त्यस्तै, नेपालले क्यानडा सँग असार २० र २१ गते गरी दुईव टा खेल खेल्ने तालिका छ । नेपालले आईसीसी लिग २ अन्तर्गत स्कटल्याण्डमा हुने शृङ्खला अघि तयारी स्वरुप यो शृङ्खला खेल खेल्न लागेको हो ।

 

 

footer