२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सुदूरपश्चिम प्रदेशसभा बैठक तेस्रो पटक अनिश्चितकालका लागि स्थगित

1.12K
shares

धनगढी ।सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७९/८० को बजेट माथि छलफल गर्न बिहीबार बोलाइएको प्रदेशसभाको बैठक पनि स्थगित भएको छ ।सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमाले सहितका दलका प्रदेशसभा सदस्यहरुले आर्थिक अनुशासनको उल्लङ्घन गरेर बजेट ल्याएको आरोप लगाउँदै संशोधन गर्नुपर्ने अडान राखेपछि प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो ।

प्रदेशसभा सदस्यहरुकै असहमतीका कारण १२ जेठमा बस्न नसकेको बैठक सभामुख अर्जुनबहादुर थापाले बिहीबार दिउँसो ३ बजेका लागि बोलाएका थिए तर कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहमति नजुटेपछि अनिश्चितकालका लागि बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहभागी सत्तारुढ नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक भरतबहादुर खड्काले बजेट संशोधन गर्नुपर्ने माग सरकारले सम्बोधन नगरे सम्म प्रदेशसभाको बैठक सञ्चालन गर्न नसकिने अडान राखेका थिए । उनका अनुसार बिहीबारको बैठकमा सहभागी सबै दलले एकै स्वरमा जसरी पनि बजेट संशोधन गरिनुपर्ने अडान लिएपछि प्रदेश सरकारको आग्रहमा बैठक अनिश्चितकालका लागि स्थगित भएको हो ।

बैठकमा प्रमुख विपक्षी नेकपा एमाले र जनता समाजवादी पार्टी सहभगी थिएनन् । पूर्व भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका प्रदेशसभा सदस्य पठानसिंह बोहराले धनगढीमा कोही पनि सांसद उपस्थित नभएका कारणले बैठकमा सहभागी नभएको बताउँदै बजेट संशोधनको एजेण्डामा एमाले स्पष्ट रहेको बताए ।

असार १ गते प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाशबहादुर रावलले प्रदेशसभामा प्रस्तुत गरेको अगामी आर्थिक वर्ष २०७९/८० को बजेटमाथि छलफल गर्न ८ असारमा प्रदेशसभाको बैठक बोलाइएको थियो तर प्रदेशसभा सदस्यहरुको विरोधका कारण बैठक बस्न नसकेपछि १२ गतेका लागि सारिएको थियो ।

प्रदेश सभा सदस्यहरुले बजेट संशोधनको अडान कायमै राखेपछि बिहीबारका लागि बोलाइएको बैठक तेस्रो पटक अनिश्चितकालका लागि स्थगित गरिएको हो ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports