जसपामा विवाद, अशोक राई अध्यक्ष यादव सँगै रहने
वि.सं.२०७९ असार १६ बिहीवार १६:०५
shares

काठमाण्डौ ।जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राई उपेन्द्र यादव सँगै रहने भएका छन् । संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले पार्टी छाडेपनि अशोक पक्ष उपेन्द्र सँगै रहने अशोक निकट एक नेताले बताए ।
‘अशोक सर उपेन्द्र सँगै रहनुहुन्छ । बाबुराम सर तत्कालिन नयाँ शक्तिको टिम लिएर जानुहुन्छ’ ति नेताले भने,‘नयाँ शक्ति बाहेक तत्कालिन संघीय समाजवादी फोरमको सिंगो टिम जसपामै रहन्छ ।’ जसपा बाट बाबुराम निस्किएपछि आफ्नो नेतृत्वमा पार्टी गठन गर्ने भएका छन् । त्यसपछि मात्रै कुन पार्टीमा जाने भन्ने विषयमा निर्णय गर्ने छन् ।




































