प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

स्थानीय तह निर्वाचनमा माओवादी मात्र गठबन्धन प्रति इमान्दार देखियो : प्रचण्ड

624
shares

काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह निर्वाचनमा माओवादी मात्र गठबन्धन प्रति इमान्दार देखिएको बताएका छन् । आइतबार काठमाडौंमा सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा प्रतिवेदन पेश गर्दै उनले कांग्रेसको पुरै शक्ति गठबन्धन प्रति इमान्दार र गम्भीर नभएको, नेकपा एकीकृत समाजवादीले आफ्नो वास्तविक स्थिति भन्दा बढी सिट दावी गरेको र जनता समाजवादी पार्टीले तराई मधेसमा गठबन्धन गर्न अनिच्छुक देखिएको उनले बताए ।

कांग्रेसको पुरै शक्ति गठबन्धन प्रति इमान्दार नहुँदा रोल्पा, रुकुम, सल्यान, कालिकोट, भोजपुर, गोरखा, सिन्धुपाल्चोक लगायतका जिल्लामा माओवादी बलियो भएका ठाउँमा अरु दल सँग मिलेर माओवादीलाई हराउन लागेको प्रचण्डले बताएका छन् । ‘नेपाली कांग्रेसले आफू बलियो भएको स्थनमा अन्य दलहरुको गठबन्धन बन्न नदिने, हामी र गठबन्धनका दलहरु बलियो भएको ठाउँमा एमाले वा अन्य दल सँग तालमेल गर्ने, आफू कमजोर भएको ठाउँमा पाँच दलीय गठबन्धन कायम गर्ने, कतिपय स्थानमा कांग्रेसका नेताहरु बाटै बागी उम्मेदवार खडा गर्ने जस्ता अघोषित नीति अपनाएको देखिन्छ’ उनले भनेका छन् ।

कांग्रेसले गठबन्धनका उम्मेदवारलाई मत नदिने वा आफ्ना उम्मेदवार सुरक्षित गर्ने नीति अख्तियार गरी मतदाता शिक्षा नदिँदा अत्यधिक म तबदर भएको पनि प्रचण्डले बताएका छन् ।एकीकृत समाजगवादीले आफ्नो वास्तविक स्थिति भन्दा बढी दावी गर्दा सिट बाँडफाँटमा समस्या देखिएको र केही स्थानमा गठबन्धन पराजित भएको प्रचण्डको भनाइ छ ।
जसपा तराई मधेसमा गठबन्धन गर्न अनिच्छुक देखिएके भन्दै प्रचण्डले माओवादी मात्र गठबन्ध नप्रति इमान्दार देखिएको बताए । उनले भनेका छन्, ‘यी तमाम कारणहरुका बाबजुद विगतको तुलनामा निर्वाचन परिणामलाई सन्तोषजनक मान्नुपर्छ ।’

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports