kumari
stcnepal

आज थप ५३ जनामा कोरोना संक्रमण

काठमाडौं ।पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको निधन भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार १६२ जनाको पीसीआर परीक्षणमा ३९ जना र ९५८ जनाको एन्टीजेन परीक्षणमा १४ जना गरी ५३ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना बाट २० जना निको भएका छन् भने हाल देशभर ३३३ जना सक्रिय संक्रमित रहेका छन् । जस मध्‍ये ३२९ जना होम आइसोलेसनमा रहेका छन् भने ४ जना संस्थागत आइशोलेशन र ४ जना आईसीयूमा छन् । यस्तो १ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । आइबार थपिए सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २० हजार ३१४पुगेको छ ।

 

 

footer