२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

गठबन्धनमा रहेका दलहरुमा अविश्वास छ : एमाले

715
shares

काठमाडौं ।नेकपा एमालेले अहिलेको सत्तारुढ गठबन्धन आगामी निर्वाचन सम्म कायम हुनेमा विश्वास नभएको बताएको छ । पार्टीको सचिवालय बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा प्रचार विभाग प्रमुख उपमहासचिव पृथ्वी सुब्बा गुरुङले गठबन्धनमा रहेका दलहरु बीचको आपसी अविश्वासका कारण गठबन्धन कायम हुन्छ भन्नेमा विश्वास नभएको बताए ।

‘गठबन्धनमा रहेका दलहरुमा अविश्वास छ, कांग्रेसले माओवादीलाई अपमानित ग¥यो भन्ने छ । पार्टी भित्र फरक मत र गुटहरु देखापरेको छ यो चिज हेरौं न कसरी जााँदो रहेछ’ उनले भने ।जनता समाजवादी पार्टी विभाजनको संघारमा रहेको र विभाजन पछि विभाजित दल कुन दल सँग तालमेलमा जान्छ भन्ने अहिले नै टुंगो नलागेको भन्दै उपमहासचिव गुरुङले भने, ‘हामी हातखुट्टा बाँधेर बस्ने कुरा हुँदैन ।’

उनले अघि भने, ‘अहिलेको शक्ति संरचना भत्किने देखिन्छ, पार्टीहरुमा अन्तरविरोध सुरु भइसकेको छ । जे होस् गठबन्धन सग्लो रुपमा रहन्छ भन्ने विश्वास छैन ।’

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports