प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

फेरी ट्राफिक प्रहरी र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डिआइजी राख्ने निर्णय

585
shares

काठमाडौं ।गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्रहरी नायव महानिरीक्षक (डीआईजी) राख्ने निर्णय गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले विमानस्थल सुरक्षा कार्यालय र उपत्यका ट्राफिकमा डीआईजीलाई काजमा खटाउने निर्णय गरेका हुन् ।

नेपाल प्रहरी शिक्षालय भरतपुरमा पनि डीआईजी खटाउने निर्णय गरिएको छ । यसअघि तीन वटै ठाउँमा प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) कार्यरत थिए । दरबन्दी नभएपनि त्यहाँ डीआईजीहरुलाई काज सरुवा गरिएको छ ।

गृहमन्त्री बालकृष्ण खाणले आईतबार त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयमा डीआईजी श्यामलाल ज्ञवालीलाई सरुवा गरेका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयमा मीरा चौधरी र नेपाल प्रहरी शिक्षालय भरतपुरमा डीआईजी सन्दिप भण्डारीलाई काजमा खटाउने निर्णय गरिएको छ ।

त्रिभुवन विमानस्थलमा २०७५ मंसिर २६ सम्म डीआईजी शेर बहादुर बस्नेत कार्यरत थिए । त्यसपछि विमानस्थलमा एसएसपी राख्न थालियो । बस्नेतको कार्यकाल पछि विमानस्थलको कमाण्ड एसएसपी सन्दिप भण्डारीले समालेका थिए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports