प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

रामेछापमा बस दुर्घटना, निधन हुनेको संख्या ९ पुग्यो

676
shares

काठमाडौं ।रामेछाप बाट काठमाडौं आउँदै गरेको बस आज बिहान दुर्घटना हुँदा निधन हुनेको संख्या ९ पुगेको छ । २४ जना घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ ।

रामेछापको हिलेदेवी बाट काठमाडौं आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस आज बिहान लुभुघाट भन्ने स्थानमा दुर्घटना भएको हो । दुर्घटनामा ५ पुरुष र ४ महिलाको घटनास्थलमै निधन भएको घटनास्थलमा उद्धार कार्यमा सक्रिय सुनापती गाउँपालिकाकी उपाध्यक्ष गिता विष्ट चौलागाईंले जानकारी दिइन् ।

उनका अनुसार २१ जना घाइतेलाई गाडीमा राखेर काभ्रेको धुलिखेल अस्पतालमा पठाइएको छ । गम्भीर घाइते ३ जनालाई भने हेलिकोप्टर बाट काठमाडौं पठाइएको उनले जानकारी दिइन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports