अर्थमन्त्रीलाई उन्मुक्ति दिन मिल्दैन, तुरंन्त बर्खास्त गरियोस : रिजाल
वि.सं.२०७९ असार २१ मंगलवार १४:३४
shares

काठमाडौँ ।नेकपा (एमाले)का केन्द्रीय सदस्य एवम् प्रचार विभागका उपप्रमुख विष्णु रिजालले अर्थमन्त्री जनार्दन शर्मालाई उन्मुक्ति दिन नमिल्ने बताएका छन् ।
उनले सामाजिक सञ्जाल मार्फत युद्ध सकिएपछि बेचिएका हतियार ‘खोलाले बगायो’ भनेर शान्ति प्रक्रियाका नाममा उन्मुक्ति पाए जस्तो अर्थमन्त्रीलाई उन्मुक्ति दिन नमिल्ने बताएका हुन् ।
रिजालले लेखेका छन्, ‘युद्ध सकिएपछि बेचिएका हतियार ‘खोलाले बगायो’ भनेर शान्ति प्रक्रियाका नाममा उन्मुक्ति पाए जस्तै अहिले अर्थमन्त्री जनार्दन शर्माले व्यापारीका प्रतिनिधिलाई मन्त्रालयमै राखेर करका दर निर्धारण गरेको घटनामा कुनै पनि हालतमा उन्मुक्ति दिनै मिल्दैन । राज्य माथि नागरिकको विश्वास कायम राख्न र शपथग्रहणको मर्यादा जोगाउन पनि यिनलाई तुरुन्त बर्खास्त गरियोस् ।’






































