प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

उपत्यकाको सुरक्षा जिम्मेवारी संघीय प्रहरीलाई : गृहमन्त्री खाँड

559
shares

काठमाडौं ।गृहमन्त्री बालकृष्ण खाँणले बढ्दो सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर सरकारले काठमाडौँ उपत्यकाको सुरक्षाको जिम्मा संघीय प्रहरीलाई दिने तयारी गरिएको बताउनुभएको छ ।

आज संसदको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा नेपाल प्रहरी र प्रदेश प्रहरी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथि सांसदहरुले उठाएका जिज्ञासाको जवाफ दिने क्रममा गृहमन्त्री खाँणले उक्त कुरा बताउनुभएको हो ।

उहाँले सो विधेयकमा सरकारले प्रदेश प्रहरीको अधिकार कटौती गरेर संघीय प्रहरीलाई दिने कुनै उद्देश्य नराखेको स्पष्ट पार्नुभयो । राजधानीमा दैनिक सुरक्षा संवेदनशीलताका घटना बढेको उल्लेख गर्दै गृहमन्त्री खाँणले यस्ता घटनामा नागरिकको सुरक्षाका लागि पनि प्रहरी परिचालन बढाउनुपर्ने बाध्यात्मक अवस्थामा सरकार रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सरकारले जुन विधेयक ल्याएको छ । यो राजधानीको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर ल्याइएको हो । यसमा प्रदेश प्रहरीको अधिकार कटौती गर्ने कुनै मनसुवा छैन । काठमाडौं, ललितपुर र भक्तपुरलाई काठमाडौं उपत्यका भन्ने जुन प्रचलन छ, त्यसको सुरक्षा जिम्मेवारी नेपाल प्रहरीलाई प्रदान गरिएको मात्र हो ।‘

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports