विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सन्दीप लामिछानेले लंका प्रिमियर लिग खेल्ने, उनले पाउने भए ४० हजार डलर

728
shares

काठमाडौं ।नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले श्रीलंकाको टी-२० फ्रेञ्चाइज लिग लंका प्रिमियर लिग (एलपिएल) खेल्ने भएका छन्। मंगलबार भएको ड्राफ्ट मार्फत सन्दीपलाई दम्बुला जाइन्ट्सले टिममा आबद्ध गरेको हो।

अन्तर्राष्ट्रिय डाइमन्ड ए श्रेणीमा रहेका सन्दीपलाई ४० हजार अमेरिकी डलरमा जाइन्ट्सले आफ्नो टिममा आबद्ध गरेको हो। एलपिएलको जारी ड्राफ्टमा १८० विदेशी खेलाडी र १७३ श्रीलंकन खेलाडीको नाम समावेश छ।

२०२२ को एलिपएल आगामी जुलाइ ३१ देखि सुरू हुनेछ। प्रतियोगितामा पाँच टिम बीच प्रतिस्पर्धा हुनेछ। आइसिसीको स्थायी सदस्य भारत, पाकिस्तान, अस्ट्रेलिया, वेस्ट इन्डिज, युएईका फ्रेन्चाइज लिग खेलिसकेका सन्दीपले श्रीलंकाको लिग पहिलो पटक खेल्न लागेका हुन्।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports