आज थप ७८ जनामा कोरोना भाइरस संक्रमण
वि.सं.२०७९ असार २३ बिहीवार १५:४२
shares

काठमाडौं ।पछिल्लो २४ घण्टामा थप ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५१५ जनाको परीक्षण गर्दा ७८ जनामा संक्रमण भएको हो ।
जस मध्ये १ हजार ३८४ जनाको पीसीआर परीक्षण गर्दा ६० जना र २ हजार १३१ जनाको एन्टिजेन परीक्षण गर्दा १८ जना गरी ७८ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।यो सँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५०८ पुगेको छ । पछिल्लो २४ घण्टामा २३ जना संक्रमणमुक्त भएका छन् ।
बिहीबार थपिए सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २० हजार ६३५ पुगेको छ । यो सँगै नेपाल निधन हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६७ हजार ५९८ जना संक्रमणमुक्त भएका छन् ।






































