प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बुढीगंगा नगरपालिकामा एमालेका मेयर र उपमेयर जित नजिक

507
shares

धनगढी – बाजुराको बुढीगंगा नगरपालिकामा जारी मतगणनामा एमालेका तर्फ बाट प्रमुख र उपप्रमुखका उम्मेदवार जित नजिक पुगेका छन्।

७ हजार ४ सय १९ मतगणना हुँदा नेकपा एमालेका नगरप्रमुखका उम्मेदवार रामबहादुर बानियाँले ३ हजार ८ सय ८१ मत ल्याएका छन्, भने कांग्रेसका नगरप्रमुखका उम्मेदवार रंगबहादुर खातिले ३ हजार १ सय १ मत प्राप्त गरेका छन्। मेयरमा एमालेले ७ सय ८० को अग्रता कायम राखेको छ। त्यस्तै, नेकपा एमालेका उपप्रमुखकी उम्मेदवार मायाकुमारी खडकाले ३ हजार ७ सय ५३ मत ल्याएकि छन् भने कांग्रेसकी उपप्रमुखका उम्मेदवार रिता शाहीले ३ हजार १ सय ५३ मत ल्याएकी छन्। उपप्रमुखमा ६ सयले एमाले अगाडि रहेको छ।

अब गणना गर्न झण्डै १६ सय मत मात्र बाँकी रहेको छ। अहिले वडा नम्बर ५ र ६ को मतगणना भइरहेको छ। यी दुवै वडा एमालेको पकड क्षेत्र रहेकाले पनि एमालेको जित सुनिश्चित देखिएको हो। ११ बजेभित्र पुरै मतपरिणाम आइसक्ने निर्वाचन कार्यलय बाजुराले जनाएको छ । बुढीगंगा नगरपालिका वडा न १, २, ९, १०, ८, ७, ४ र ३ को गणना सम्पन्न भएको छ। ८ वटा वडाको मतगणना सकिएको हो।

अब २ वटा वडाको गणना बाँकी रहेको छ। मतगणना सकिएको १, २, ३, ९ र १० नम्बर वडामा एमाले विजयी भएका छन्। यस्तै, वडा नम्बर ४, ७ र ८ मा कांग्रेस विजयी भएका छन्।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports