kumari
stcnepal

श्रीलंकाको राष्ट्रपतिको कार्यभार सभामुख अभयवर्द्धनाले समाल्ने

काठमाडौं ।श्रीलंका सभामुख महिन्दा यापा अभयवर्द्धना अस्थायी राष्ट्रपति हुने भएका छन् । पार्टीका नेताहरुको अनुरोध र श्रीलंकाका जनताको सुरक्षाका लागि राष्ट्रपति पद सम्हाल्न लागेको अभयरवर्द्धनाले बीबीसी सँग भनेका छन् ।

सभामुख अभयवर्द्धनाले राष्ट्रपति र प्रधानमन्त्रीले अब पद त्याग्नुपर्ने बताएका छन् । श्रीलंकाको संविधान अनुसार उनले अब केही दिन सम्म राष्ट्रपति पद सम्हाल्ने बीबीसीले जनाएको छ ।चर्को आर्थिक संकटका कारण आन्दोल चर्किएपछि श्रीलंकाका राष्ट्रपतिले निवास छाडेका थिए । उक्त निवास आन्दोलनकारीले नियन्त्रणमा लिएका थिए । उनीहरुले प्रधानमन्त्री रनिल विक्रमसिंघेको घरमा पनि आगजनी गरिदिएका छन् ।

सभामुख अभयवर्द्धनाले राष्ट्रपति गोटाबाया राजापाक्षले १३ जुलाईको दिन राजीनामा दिने बताएको जानकारी दिएका छन् । यसअघि प्रधानमन्त्री रनिल विक्रमसिंघेले पनि राजीनामा दिनका लागि तयार भएको बताएको सभामुखले बताए ।

 

 

footer