प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राप्रपाको महिला संघमा कुटाकुट, केही घाईते

559
shares

काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संघको बैठकमा कुटाकुट भएको छ । आइतबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको राप्रपा महिला संघको बैठकमा कुटाकुट भएको हो ।

राप्रपा महिला संघको अध्यक्षमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले केही दिन अगाडि मात्रै अञ्जना शाह रावललाई नियुक्त गरेका थिए । शाह अध्यक्षमा नियुक्त भएपछि आज बसेको पहिलो बैठकमा असन्तुष्ट पक्ष कुमारी तामाङ लगायतको समुहले विरोध गरेका हुन् । उनीहरुले पार्टी बाहिरको मान्छेलाई ल्याएर अध्यक्ष बनाएको भन्दै विरोध जनाएका थिए ।


बैठकमा विवाद भएपछि दुवै पक्ष बीच भनाभन भएको थियो । त्यसपछि हानाहान भएको हाे । हानाहानको क्रममा राप्रपाका​ महामन्त्रीद्वय कुन्ती शाही र राजेन्द्र गुरुङ लगायतका घाइते भएका छन् । ​घाइते केहीको चावहिल स्थित हेल्पिङ हेन्स हस्पिटलमा उपचार भइरहेको राप्रपाका एक केन्द्रीय सदस्यले जानकारी दिए ।

बैठकमा कुर्सी प्रहार गरिएको छ भने टेबुल तोडफोड गरिएको छ । बैठकमा दुई पक्ष बीच झडप भएपछि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन त्यहाँ पुगेका थिए । पछिल्लो समय राप्रपामा विवाद देखिँदै गएको छ । ​

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports