२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मेरो जित संविधानको पक्षधर र लोकतन्त्रवादीहरुको जित हो : उपसभामुख पुष्पा भुसाल

1.12K
shares

काठमाडौं ।नवनिर्वाचित उपसभामुख पुष्पा भुसालले आफ्नो जित संविधानको पक्षधर र लोकतन्त्रवादीहरुको जित भएको बताएकी छन् ।

उपसभामुखमा विजयी भएपछि संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरु सँग कुरा गर्दै उनले भनिन्, ‘संविधानको पक्षधर र लोकतन्त्रवादीहरुका लागि खुसीको दिन हो ।’

खुसी हुनुको कारण दिँदै उनले थपिन्, ‘लामो समयदेखि रिक्त रहेको उपसभामुख पदमा निर्वाचन भयो र संसदको सबै पदहरुले पूर्णता पाएको छ ।’

तत्कालीन उपसभामुख तुम्बाहाम्फेले १२ माघ २०७६ माघमा राजीनामा दिएपछि रिक्त भएको उपसभामुख पदका लागि शुक्रबार निर्वाचन भएको हो । चुनावमा भुसाल र एमालेकी विद्या भट्टराई प्रतिस्पर्धामा थिए । १४८ मत ल्याएर भुसाल विजयी भइन् । भट्टराईले ९३ मत प्राप्त गरिन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports