२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

दिल्लीमा पुष्पकमल दाहाल र आरजु राणाको भेटले के संकेत गर्दछ ?

1.63K
shares

काठमाडौँ। नेकपा (एमाले)का केन्द्रीय सदस्य एवम् प्रचार विभागका उपप्रमुख विष्णु रिजालले दिल्लीमा प्रधानमन्त्री पत्नी आरजु राणा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल बीच भएको ‘भेटघाट’ले २००७ सालमा राणा र कांग्रेस बीच दिल्लीमा भएको सत्ता बाँडफाडको भद्दा झल्को दिएको बताएका छन् ।

रिजालले २०७३ मा केपी ओलीलाई अपदस्थ गर्नुअघि शेरबहादुर देउवा र कृष्णबहादुर महराबीच पनि दिल्लीमै ‘भेटघाट’ भएको स्मरण गर्दै सत्ता र चुनावमा बाँडफाँडको अन्तिम टुंगोका लागि भेटवार्ता भएको टिप्पणी गरेका हुन् ।

सामाजिक सञ्जाल मार्फत रिजालले यस्ता हर्कतले प्रत्येक स्वाभीमानी नेपालीको शीर निहुरिएको उल्लेख गरेका छन् । रिजालले लेखेका छन्, ‘सत्ता गठबन्धन कायम राख्ने, आउँदो चुनावमा सिट बाँडफाँडको अन्तिम टुंगो लगाउने र हालै काठमाडौँमा भएका वार्ताहरूको विवरण बुझाउने उद्देश्य सफल हुँदा प्रचण्ड–देउवाहरू त खुशी होलान् । तर, यस्ता कुरुप दृश्यले प्रत्येक स्वाभिमानी नेपालीको शीर निहुरिएको छ ।’

यस्तो छ रिजालको टिप्पणीः

एउटा लज्जास्पद दृष्य

प्रधानमन्त्रीपत्नी आरजु राणा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल बीच भारतको राजधानी दिल्लीमा भएको यस ‘भेटघाट’ले २००७ सालमा राणा र कांग्रेस बीच दिल्लीमा भएको सत्ता बाँडफाडको भद्दा झल्को दिन्छ ।

२०७३ मा केपी ओलीलाई अपदस्थ गर्नुअघि शेरबहादुर देउवा र कृष्णबहादुर महरा बीच पनि दिल्लीमै ‘भेटघाट’ भएको थियो ।

सत्ता गठबन्धन कायम राख्ने, आउँदो चुनावमा सिट बाँडफाडको अन्तिम टुंगो लगाउने र हालै काठमाडौंमा भएका वार्ताहरूको विवरण बुझाउने उद्देश्य सफल हुँदा प्रचण्ड–देउवाहरू त खुसी होलान् । तर, यस्ता कुरुप दृश्यले प्रत्येक स्वाभिमानी नेपालीको शीर निहुरिएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports