हतियार किन्ने सरकारको योजना छैन : गृहमन्त्री खाँण
वि.सं.२०७९ असार ३२ शनिवार १५:५४
shares

काठमाडौं ।गृहमन्त्री बालकृष्ण खाँणले हतियार किन्ने सरकारको योजना नरहेको बताएका छन् ।
शनिबार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा बोल्दै खाँणले हतियार किन्न पैसा नै नभएको बताए । ‘हतियार किन्ने प्रहरीको नियमित प्रक्रिया हो । यो पुरानो निर्णय हो,’ गृहमन्त्री खाँणले भने, ‘हतियार किन्ने योजना यो सरकारको छैन । हतियार किन्ने पैसा पनि छैन ।’ उनले हतियार किन्ने प्रक्रिया अघि नबढ्ने र हतियार नकिनिने पनि बताएका छन् ।





































