२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आफूलाई खेद्ने काम नगर्न नेता शेखर कोइरालालाई सभापति देउवाको आग्रह

871
shares

काठमाडौं ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई खेद्ने काम नगर्न नेता शेखर कोइरालालाई आग्रह गरेका छन् । शनिबार पार्टीको केन्द्रीय समिति बैठकमा धारणा राख्दै उनले नेता शेखर कोइरालालाई साथै लिएर जान चाहेको बताए । उनले विगतमा आफूलाई पनि पार्टी भित्र अप्रिय व्यवहार भएको भन्दै त्यसलाई दोहोर्‍याउन आफूले नचाहेको बताएका एक केन्द्रीय सदस्यले जानकारी दिए ।

शेखर कोइराला पक्षले नेविसंघ र तरुण दल लगायत भ्रातृ संगठनको नेतृत्व चयन गर्दा एकलौटी गरेको विधान अनुसार काम नगरेको भन्दै आलोचना गर्दै आएका छन् । जवाफमा देउवाले आफूले सल्लाह गरेरै नेविसंघ र तरुण दलको नेतृत्व चयन गरेको जिकिर गरे ।

‘बैठक बस्न परे केन्द्रीय कार्यालयमा गर्नुस् । मलाई खेद्ने काम नगर्नुस् । पार्टी बलियो बनाएर लैजान्छु, मलाई पनि कुनै समय पार्टी बाट अप्रिय व्यवहार भएको थियो । त्यस्तो अप्रिय अहिले म बाट कसैलाई हुन्न’ देउवाको भनाइ उधृत गर्दै एक केन्द्रीय सदस्यले भने ।

प्रधानमन्त्री समेत रहेका देउवाले आगामी चुनावमा पनि नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी सँग गठबन्धन हुने बताए । उनको भनाइ उधृत गर्दै एक नेताले भने ‘प्रचण्डलाई गिरिजाले शान्ति प्रक्रियामा ल्याउनुभएको हो । माधव पनि पार्टी छोडेर आएका छन् । प्रचण्ड माधव दुवैको पार्टी सँग सहकार्य गरेर जाऔं । सँगै लिएर जाऔं ।’

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports