प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले राजीनामा दिए

650
shares

काठमाडौं ।नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले राजीनामा दिएका छन् । उनले सोमबार नेपाल प्रहरीको मानव स्रोत विभागमा आफैं उपस्थित भएर राजीनामा दिएका प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ ।

धिराजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने सरकारको निर्णय विरुद्ध पोखरेलले सर्वोच्च अदालतमा हालेका थिए । गत शुक्रबार सर्वोच्च अदालतले आफ्नो पक्षमा फैसला नदिएपछि पोखरेलले राजीनामा दिएका हुन् ।

उनले दिएको राजीनामा प्रहरी महानिरीक्षकmमार्फत गृह मन्त्रालयमा र गृह मन्त्रालयmबाट मन्त्रिपरिषदमा पेश हुनेछ । एआईजीको राजीनामा मन्त्रिपरिषदले स्वीकृत गर्नुपर्ने व्यवस्था छ । सरकारले सिंहलाई आईजीपी बनाए लगत्तै पोखरेल विदामा बसेका थिए । तत्कालीन महानिरीक्षक शैलेश थापा क्षेत्रीले उनको एक महिने विदा स्वीकृत गरेका थिए । पुनः विदा माग गरेपछि आईजीपी सिंहले स्वीकार गरेनन् ।

तर एआईजी पोखरेल कार्यालय नै गएनन् । निरन्तर ४५ दिनसम्म कार्यालयमा नगए कारबाही पनि हुने भएकाले पोखरेलले राजीनामा दिएका हुन् । उनको कार्यकाल यही साउन २० गते सम्म मात्र छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports