प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेसको कार्यसमितिको बैठकमा सत्ता गठबन्धनमा रहेका दलहरु सँग चुनावी तालमेल गरेर अघि बढ्ने प्रस्ताव

572
shares

काठमाडौं ।नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि सत्ता गठबन्धनमा रहेका दलहरु सँग चुनावी तालमेल गरेर अघि बढ्ने भएको छ । पार्टी कार्यालय, सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा गठबन्धनका दलहरु सँग सम्वाद गरेर चुनावी तालमेल गरेर अघि बढ्ने प्रस्ताव पेश भएको छ । शीर्ष नेताहरु सँग सहमति गरेर प्रस्ताव आएकाले यही निर्णय हुने एक नेताले बताए ।

३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा गठबन्ध सहित प्राप्त परिणाम प्रति सन्तोष व्यक्त गरेको छ । अब आसन्न प्रदेश र प्रतिनिधिसभामा प्रष्ट बहुमत तर्फ लक्षित हुने भन्दै कांग्रेसले अब पनि सत्ता गठबन्धनमा रहेका दलहरु सँग सम्वाद गरेर चुनावी तालमेल गरेर अघि बढ्ने बताएको छ । तालमेल गर्दा संविधानको कार्यान्वयन, आर्थिक सामाजिक रुपान्तरण र बैदेशिक सम्बन्ध लगायतका विषयमा न्यूनतम साझा धारणा निर्माण गर्नुपर्ने कांग्रेसले बताएको छ ।

‘तालमेल गरिरहँदा कांग्रेसको मुख्य नेतृत्वदायी भूमिका रहेको यथार्थ, सांगठिनक वस्तु स्थिति तथा पार्टी पक्ति एवं शुभेच्छुकको भावनालाई दृष्टिगत गर्दै गठबन्धनमा रहेका दलहरु सँग सम्वाद मार्फत निष्कर्षमा पुग्ने निर्णय यो बैठक गर्दैछ,’ प्रस्तावमा भनिएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports