कांग्रेसको केन्द्रीय समिति बैठकले भ्रातृ संस्थाको केन्द्रीय समितिलाई साउन मसान्त भित्र पूर्णता दिने निर्णय
वि.सं.२०७९ साउन २ सोमवार १७:३५
shares
sf7df8f}F, @* df3 . k|wfgdGqL Pj+ g]kfnL sfFu|];sf ;efklt z]/axfb'/ b]pjfsf] cWoIftfdf z'qmaf/ nlntk'/l:yt ;fg]kfdf a;]sf] g]kfnL sfFu|]; s]Gb|Lo sfo{ ;Dkfbg ;ldltsf] a}7sdf ;xefuL . t:jL/ M /f]zg ;fksf]6f, /f;;
काठमाडौं ।नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले भ्रातृ संस्थाको केन्द्रीय समितिलाई साउन मसान्त भित्र पूर्णता दिने निर्णय गरेको छ ।
निर्धारित समय भन्दा डेढ घन्टा ढिलो सुरु भएको बैठकले भ्रातृ संस्थालाई पूर्णता दिने निर्णय गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए । कांग्रेसका १० भ्रातृ संस्थाको केन्द्रीय समिति अवधि पुगेर भंग भएका छन् । ती मध्ये चा रवटामा मात्र सभापति शेरबहादुर देउवाले अध्यक्ष तोकेका छन् भने अरुले नेतृत्व पाएका छैनन् ।
नेविसंघ, तरुण दल, किसान संघ र आदिवासी जनजाति संघको अध्यक्ष सभापति शेरबहादुर देउवाले तोके पनि पूर्णता भने दिएका छैनन् ।






































