प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राप्रपामा एक ब्यक्ति एक पद लागु हुने

754
shares

काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले एक व्यक्ति एक पदको अवधारणालाई पूर्ण रुपमा पालना गरेर अघि बढ्ने निर्णय गरेको छ । मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले एक व्यक्ति एक पदको अवधारणालाई पूर्णरुपले पालना गर्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

यस्तै बैठकमा साउन ५ र ६ गते काठमाडौंमा बस्ने केन्द्रीय समिति बैठकमा पेश हुने राजनीति सहित विभिन्न प्रतिवेदन माथि छलफल भएको उनको भनाइ छ । यस बाहेक भ्रष्टाचार, बेथिति, मूल्यवृद्धि लगायतको विरोधमा दोस्रो चरणको आन्दोलन चर्काउने निर्णय पनि भएको श्रेष्ठले बताए । सो आन्दोलन साउन महिना भर सञ्चालन गर्नेगरी ११ गते देखि सुरु हुनेछ ।

यस्तै तीन नेता माथि अनुशासनको कारबाही गर्ने निर्णय पनि बैठकले गरेको छ । नेताहरु दिलनाथ गिरी, श्याम तिमल्सिना र दिलविकास राजभण्डारी माथि एक वर्ष सम्म निलम्बन गर्ने निर्णय भएको हो । यद्यपि उनीहरुले बैठक चल्दाचल्दै पार्टी परित्यागको घोषणा गरेकाले पार्टीको आन्तरिक रेकर्डमा राखिएको राप्रपाले जनाएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports