प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमालेका सांसद रावलले एक्लै रोष्ट्रम कब्जा गरे

572
shares

काठमाडौं ।नेकपा एमाले सांसद भीम रावल अमेरिका सँग एसपीपी सम्झौता नगर्ने पत्र पठाउन सरकारलाई रुलिङ गर्न माग गर्दै रोष्टममा उभिएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा रोष्टम बाट उनले सरकारले अमेरिका सँग एसपीपी सम्झौता नगर्ने निर्णयको कार्यान्वन गराउने बारेको पत्र अमेरिका पठाउन रुलिङ गर्न माग गर्दै रोष्टम कब्जा गरेका हुन् ।

सभामुखको ड्यासमा अध्यक्षता गरेकी थिइन् सत्या पहाडीले । उनले पटक पटक आशन ग्रहण गर्न आग्रह गर्दा पनि रावलले मानेन् । उनले भने–‘नेपाल सरकारलाई गाह्रो प¥यो, अमेरिकालाई पत्र पठाउन रुलिङ गर्नुप¥यो । प्रतिनिधि सभाको यो बैठकले सहयोग गर्नुप¥यो । सरकारले रद्ध गर्ने निर्णयको स्वागत गर्छु । प्रतिनिधि सभाको ताकत सरकारलाई देखाउनुप¥यो ।’ धेरै बेर रावलले माग गरेपछि केही सांसदहरुले नियमापत्ति जनाए । साथै केही सांसदहरुले माइक काट्न सभामुखलाई आग्रह गरे । तर पहाडीले माइक नकाटी सम्बन्धित मन्त्रीलाई ध्यानाकर्षण गराएको बताउँदा पनि रावल रोष्टम बाट झरेनन् ।

सभामुखको ड्यासमा रहेकी पहाडीको जोर नचलेपछि सभामुख अग्नि सापकोटा ड्यासमा आइपुगे । रावलले उठाएको विषयमा ध्यानाकर्षण भएको बताउँदै उनले उठाएको कुरा विषयान्तर भएको बताउँदै रावललाई आफ्नो सिटमा गएर बस्न भने । तर सांसद रावल पछि हटेनन् । राष्ट्रियताको विषय भएकोले विषयान्तर नभएको जिकिर गर्दै उनले सरकारलाई रुलिङ गर्दै एसपीपी सम्झौतामा सहभागी नहुने बारे अमेरिकालाई पत्र लेख्नका लागि रुलिङ गर्न माग गरिरहे । केही सिप नलागेपछि सभामुख सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरे ।

बैठकमा ग्लोबल ग्रीन ग्रोथ इन्सिच्युटको सहभागीतामुलक सदस्यका रुपमा स्वीकृत गर्ने सम्झौताको प्रावधान माथिको छलफलमा सहभागी हुने क्रममा रावलले एसपीपी सम्झौताको विषयमा प्रवेश गरेर सभामुखलाई रुलिङ गर्न माग गरेका हुन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports