उपत्यकामा चल्ने सार्वजनिक यातायातको भाडा बढ्यो, अब ५ किलोमिटर सम्मको भाडा २० रूपैया
वि.सं.२०७९ साउन ६ शुक्रवार १६:५१
shares

काठमाडौँ ।प्रदेश सरकारले काठमाडौंमा चल्ने सार्वजनिक यातायातको भाडादर बढाएको छ।
बाग्मति प्रदेश सरकारले राजपत्रको सुचना प्रकाशित गर्दै बिहीबार देखि नै लागु हुनेगरी काठमाडौंमा चल्ने सार्वजनिक सवारी साधनको भाडादर वृद्धि गरेको हो।
नयाँ भाडादर अनुसार ५ किलोमिटरको दुरीसम्म २० रुपैयाँ तोकिएको छ। त्यसैगरी, १० किलोमिट सम्म २७ रुपैयाँ, १५ किलोमिटर सम्म ३२ रुपैयाँ, २० किलोमिटर सम्म ३५ रुपैयाँ र २० किलोमिटर देखि माथि ४० रुपैयाँ भाडादर तोकिएको छ।


































