२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेसलाई तर्साउन बाम गठबन्धनको हल्ला गरिएको हो : प्रदीप ज्ञवाली

962
shares

बुटवल ।नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले कांग्रेसलाई तर्साउनका लागि बाम गठबन्धन र बाम एकताको फन्दा चलाइएको बताएका छन् । प्रेस चौतारी नेपाल रुपन्देहीले बुटवलमा शनिबार आयोजना गरेको पत्रकार भेटघाटमा ज्ञवालीले कांग्रेसलाई तर्साउन र चुनावका लागि बार्गेनिङ गर्न बाम गठबन्धनको हल्ला फिँजाइएको दाबी गरे ।

कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बन्नेगरी मात्र गठबन्धन गर्ने भनी गरेको निर्णय बाट सत्ता साझेदार अन्य दलले पसिना काढेको चर्चा गर्दै उपमहासचिव ज्ञवालीले भने, अलि पहिले प्रधानमन्त्रीको अफर आयो भन्ने फन्दा चलाइएको थियो, त्यो फेल खायो, अव बाम एकताको फन्दा चलाइएको छ । कांग्रेसले चुनाव जित्दा खुसी मनाउनेहरूलाई बामपन्थी मान्न नसकिने भन्दै उनले एमालेको नेतृत्व स्वीकार गरेर देश विकास र समृद्धिको एजेण्डा मिल्नेहरू सँग भने चुनावी एकता हुन सक्ने बताए ।

गठबन्धन नगरी चुनाव जितिन्न भन्ने सोँचमा एमाले नरहेको दाबी गर्दै उपमहासचिव ज्ञवालीले एमाले सत्ता प्राप्त गर्नकै लागि जो सँग पनि लहसिनुपर्छ भन्ने मान्यता बाट टाढा रहेको बताए । ुसत्ता नै सबै कुरा हो भनेर जो सँग पनि लहसिने काम एमालेले गर्दैन, ज्ञवालीले भने । छुट्टै प्रसंगमा उपमहासचिव ज्ञवालीले नागरिकता विधेयकमा माओवादी केन्द्र आफ्नो अडान बाट पछि हटेर आफ्नै सांसदहरूको भावनामा चोट पुर्‍याएको बताए । उनले माओवादी केन्द्रकै सांसदहरूले संशोधन प्रस्ताव राखेको नागरिकताको वैवाहिक अंगिकृत नागरिकताको एजेण्डा विपरित विधेयक पास गरिएको बताए । रहस्यमय तरीका बाट विधेयक पास गरिएको उनको भनाइ छ । वैवाहिक अंगीकृत नागरिकता सम्बन्धी पारित विधेयक देशको हितमा नभएको उनको दावी छ ।

नोकरी, व्यापार, व्यवसाय र अन्य क्रियाकलाप गर्न दिए पनि विवाह गरेर ल्याए लगत्तै नागरिकता दिनुपर्ने मागको एमालेले पहिले पनि विरोध गरेको र अहिले पनि विपक्षमा रहेको ज्ञवालीले बताए । वैवाहिक अंगिकृत बहेकका अन्य एजेण्डामा भने सरल र सहज तरीकाले हरेक नेपालीले नागरिकता पाउनु पर्ने पक्षमा एमाले रहेको पनि उनले प्रष्टाए । नागरिकता जस्तो संवेदनशील विषयमा विगतका सहमतिलाई पनि लत्याएर जुन रातारात विधेयक पारित गरियो यसले देशलाई अप्ठ्यारोमा पार्ने निश्चित छ, ज्ञवालीले भने ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports