२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

निलम्वनमा रहेका प्रधानन्यायाधीश राणाको निर्णयको छानबीन गर्न कामु प्रधानन्यायाधीशको पत्र अख्तियारमा

910
shares

काठमाडौं ।सर्वोच्च अदालतले आफ्नो भवन निर्माणमा अनियमितता भएको विषयमा अनुसन्धान गर्न अनुरोध गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गरेको छ ।सर्वोच्च अदालत प्रशासनले यसअघि प्रधानन्यायाधीशको निर्णय माथि अख्तियारले अनुसन्धान गर्न नसक्ने भनी पत्र पठाएको थियो । त्यसको खण्डन हुनेगरी कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको सचिवालयले अख्तियारमा पत्र पठाएको हो । पत्र पठाएको करिव दुई साता भइसकेको छ ।

‘सर्वोच्च अदालत बाट हामीकहाँ पत्र आएको छ । त्यो पत्रमा सर्वोच्च अदालत भवन निर्माणमा भएको अनियमिततामा छानबिन गर्न अनुरोध गरिएको छ’ पत्रवारे उधृत गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्रोतले भन्यो, ‘सर्वोच्च अदालत बाट हुने प्रशासनिक काम कारवाहीमा अख्तियारले छानबिन गर्न मिल्छ । त्यसैले तपाईंहरुले त्यो अधिकार प्रयोग गरी भवन निर्माणको विषय छानबिन गर्नुहोस् ।’

सर्वोच्च अदालत स्रोतले पनि कामू प्रधानन्यायाधीश कार्कीको सचिवालय बाट पत्र पठाइएको पुष्टि गरेके छ । कामू प्रधानन्यायाधीश कार्कीले रजिष्ट्रार नारायण पन्थीलाई नै अघिल्लो पत्र खण्डन हुनेगरी अर्को पत्राचार गर्न निर्देशन दिएका थिए । उनले अर्को पत्र पठाउन अस्वीकार गरेपछि कामू प्रधानन्यायाधीशको सचिवालयले नै पत्राचार गरेको स्रोतको भनाइ छ ।

अघिल्लोपटक अख्तियारले उजुरी सहित पत्र पठाएर भवन निर्माणवारे सोधेपछि रजिष्ट्रार पन्थीले भवन निर्माणमा अनियमितता नभएको, महालेखाले सबै ठिकठाक रहेको जवाफ दिएको अनि प्रधानन्यायाधीशको निर्णयमाथि अख्तियारले छानविन गर्न नसक्ने भनी प्रति उत्तर लेखेका थिए । आफूलाई नसोधी प्रतिउत्तर लेखिएको भन्दै कामू प्रधानन्यायाधीश कार्की असन्तुष्ट थिए । त्यसैले उनले अघिल्लो पत्रको खण्डन हुनेगरी अर्को पत्र लेख्न आदेश दिएका हुन् ।

सर्वोच्च अदालतको भवन निर्माणका क्रममा अनियमितता भएको भनी महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको थियो । त्यसपछि सर्वोच्च अदालतले आन्तरिम रुपमा पनि छानबिन गरिरहेको छ भने यस सम्बन्धी उजुरी अख्तियारमा समेत विचाराधीन छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports