२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

तत्कालीन अर्थमन्त्रीलाई क्लिन चिट दिने नदिने बिषयमा संसदीय समितिमा जुटेन सहमती

910
shares

काठमाडौं । तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न बनेको संसदीय समितिले पर्सी प्रतिवेदन सार्वजनिक गर्ने भएको छ । तर, अर्थमन्त्रालयमा भएको भनिएको घुसपैठका सम्वन्धमा समितिका सदस्यहरु बीच मतैक्यता हुन सकेको छैन ।

विधि विज्ञान प्रयोगशालाले रिकभर गरेर पठाएको सीसीटीभी पनि स्पष्ट नभएपछि समितलाई निस्कर्षमा पुग्न समस्या परेको हो । समितिभित्र प्रतिपक्षी र सत्तारुढ सांसदहरु बीच कित्ताकाट देखिएको छ । सत्तारुढ सांसदहरु तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा विरुद्ध कुनै पनि प्रमाण नभेटिएकाले उनलाई क्लीन चिट दिनुपर्ने पक्षमा छन् । एमाले सांसदहरु यसमा सहमत छैनन् । बैठकमा एमाले सांसदहरुले सीसीटीभी फुटेज रिभकर भए पनि यसमा सबै फुटेजहरु समावेश रहेकोमा आशंका व्यक्त गरका छन् । अर्थ मन्त्रालय बाट पठाउँदा नै केही फुटेजहरु हार्ड डिस्क बाट डिलिट भएको हुन सक्ने आशंका उनीहरुले व्यक्त गरेको स्रोतले बतायो । साथै, विवाद आउना साथ सीसीटीभी फुटेज सार्वजनिक नगरेको अवस्थामा अर्थमन्त्रीलाई क्लीन चिट दिन नसकिने उनीहरुको राय छ ।

सत्तारुढ दलका सांसदहरु भने सीसीटीभी फुटेज बाट पनि बाहिरी घुसपैठ स्पष्ट नभएको तथा कसैले पनि घटना नस्वीकारेको हुँदा अर्थमन्त्रीलाई निर्दोष ठहर गर्नुपर्ने पक्षमा उभिएका छन् । सत्तापक्ष र प्रतिपक्षी सांसदहरुको मतभेदका कारण प्रतिवेदनका क्रममा निष्कर्ष र सुझाव लेख्दा समस्या आउन सक्ने देखिएको छ । यद्यपि, समितिले सबैको समान धारणा बनाएर प्रतिवेदन लेखिने सदस्य सचिव सुरेन्द्र अर्यालको दाबी छ । सहमतिमा नआएका सांसदहरु सँग पुनः छलफल गरेर भए पनि सहमति जुटाइने उनले बताए । ‘फरक मत भएका विषयहरुलाई साँघुरो बनाएर प्रतिवेदनमा समावेश गर्ने भनेर छलफल भएको छ,’ उनले भने ।भोलि समितिका सदस्यहरु साझा धारणा बनाउनका लागि अनौपचारिक बैठक बस्ने भएका छन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports