नेपाल प्रहरी र सशस्त्र प्रहरीमा भाँडभैलो
वि.सं.२०७९ साउन १३ शुक्रवार ०९:३४
shares

काठमाडौ । परमादेशको पाँच दलीय गठबन्धनको नेतृत्वको शेरबहादुर देउवा सरकारले प्रत्येक क्षेत्रमा भाँडभैलो मच्चाउन थालेको छ । विगतको केपी ओली सरकारले गल्ती गरेको आरोप लगाउँदै सर्बोच्च अदालतको सम्वैधानिक इजलासको २०७८ असार २८ गतेको आदेश अनुसार सत्तामा पुगेको पाँच दलीय गठबन्धन र त्यसको नेतृत्व गरेका नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनलाई बलियो बनाउने नाममा नियम, कानुन मिचेर व्यक्तिगत र पार्टीगत स्वार्थ पूरा गरिरहेका छन् । त्यसको प्रत्यक्ष मारमा सुरक्षा निकायहरु पर्दै आएका छन् ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीमा पछिल्लो समयमा भाँडभैलो मच्चाइएको छ । कुनै पदमा चार वर्ष पूरा भएका अधिकृतहरुको बढुवा हुन सक्ने सशस्त्र प्रहरी नियमावली व्यवस्थालाई असार २३ गते बसेको मन्त्रिपरिषद्को बैठकले संशोधन गर्दै तीन वर्षमै बढुवा हुन सक्ने प्रावधान राखेको थियो ।
मन्त्रिपरिषद्ले किन यस्तो निर्णय ग¥यो भने सशस्त्र प्रहरी र गृह मन्त्रालयका उच्च स्तरका पदाधिकारीहरु सबैलाई थाहा थियो । अस्ति शनिबार त्यसको रहस्य खुल्यो । जब प्रधानमन्त्री देउवाका भतिजी ज्वाई दीपेन्द्र कुँवर शसस्त्र प्रहरीको एसएसपीमा बढुवा भए । कुँबर एसपी भएको तीन वर्ष मात्र पुगेको हुनाले उनैको बढुवाका लागि नियमावली नै संशोधन गरियो ।
कुँवर एसपी बरियताको ११ औं नम्वरमा रहेका थिए कुँवर एससपीमा बढुवा मात्र भएका छैनन् अब उनी व्याचको पहिलो नम्वरमा उकालिएका छन् । यसैको आधारमा उनी अब डिआइजी लागि व्याचीहरु मध्येबाट पहिलो दावेदार बनेका छन् । त्यसका लागि तयारी समेत भईसकेको छ ।
सशस्त्र डिआइजीमा बढुवा हुन अनिवार्य मानिएको स्टाफ कलेज प्रवेश परीक्षामा उनी दुई÷दुई पटक असफल भएपनि कार्यविधि नै मिचेर सेनाको स्टाफ कलेजमा पठाइएको थियो ।
प्रधानमन्त्री देउवाका अङ्गरक्षक कोमल शाहलाई पहिलो नम्वरमा राखेको र चौथो नम्वरमा रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहालका अङ्गरक्षक नरेशराज सुवेदीलाई दोस्रो नम्वरमा बढुवा गरिएको छ । यसरी देउवा सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी वलमा भाडभैलो मच्चाएको हुनाले नेपाल प्रहरीमा आत्मवल कमजोर हुँदै गएको पूर्व प्रहरी कर्मचारीहरुले बताएका छन् ।
२०६१ को व्याचबाट पहिलो र दोस्रो नम्वरमा रहेका डिएसपीहरु अपिल राज बोहरा र गौतम केसीलाई हटाएर शाह र सुवेदीलाई पहिलो र दोस्रो नम्वरमा उकालिएको छ । यसरी उनीहरुले फड्को मार्नुको एउटै कारण हो उनीहरु शाह प्रधानमन्त्री र सुवेदी दाहालका अङ्गरक्षक हुन् ।





































