प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज नागपञ्चमी, यस्तो छ धार्मिक महत्व

637
shares

काठमाडौं ।आज नागपञ्चमी पर्व । हिन्दू धर्मावलम्वीले भगवान् शिवको रक्षाकवचका रूपमा रहने नागको पूजा गरी यो पर्व मनाउँदै आएका छन् । हरेक वर्ष साउन शुक्ल पञ्चमीका दिन घरघरमा नागको चित्र टाँस्ने, नागपोखरी र नाग थानहरूमा गएर पूजा गर्ने प्रचलन छ ।

आठ प्रकारका नागको पूजा गरी दूवो, गाई दूघ, घिउ र भेटी चढाउनुका साथै कुल नाग थानमा विशेष पूजा गरी खीर, रोटी लगायत प्रसाद अर्पण गरिन्छ । गाईको गोबर भएको स्थानमा नागको भय नहुने भएकाले पनि गोबरको विशेष महत्व रहेको शास्त्रमा उल्लेख छ । आजको दिन घरको मूल ढोका माथि नागको चित्र टाँस्नाले नाग खुसी हुने र वर्षभरि नै चट्याङ, आगलागी जस्ता दुर्घटना हुन नदिने तथा सर्प विच्छी जस्ता घातक जीव बाट रक्षा हुने शास्त्रीय मान्यता पाइन्छ ।

नागपञ्चमीका दिन पशुपतिको बासुकी, नक्सालको नागपोखरी, टौदह, ललितपुरको धापाखेल नागदह लगायतका स्थानमा मेला लाग्ने गर्छ । वैदिक ग्रन्थमा १२ प्रकारका नागहरुको व्याख्या गरिएकोछ । अनन्त, वासुकी, शेष, पधद्म, कम्बला, कर्कोटक, अश्वभतरा, धृतराट्र, शङ्कपला, कालिया, तक्षक र पिङ्गला गरी १२ प्रकारका नागहरूको पूजा गर्ने गरिएको छ ।

यसदिन विशेष रुपमा नागको पूजा गर्नाले हरेक प्रकारका दुख, कष्ट समाप्त भई राहु र केतु ग्रह बाट पर्नगएको नागदोष तथा पितृ दोष पनि शान्ति हुने विश्वास छ । प्राण प्रतिष्ठा गरिएको शिवलिंगमा चादि बाट बनाईएको नाग र नगिन अथवा धातु बाट निर्माण गरिएको नागको प्रतिमामा पूजा गरेर दान गरेमा सम्पूर्ण पितृ दोष तथा नागदोष शान्ति हुने प्रमाण शास्त्रमा उल्लेख गरिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports