प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नयाँ अर्थसचिवको खोजी सुरु

611
shares

काठमाडौं ।नयाँ अर्थसचिवको खोजी सुरु भएको छ । अर्थमन्त्रीका रुपमा जनार्दन शर्माले दोस्रो कार्यकाल थाले सँगै मधुकुमार मरासिनी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सँग सरुवा माग्दै मन्त्रालयमा हाजीर नभएपछि नयाँ अर्थ सचिव ल्याउन गृहकार्य सुरु भएको हो ।आइतबारद देखि मरासिनी मन्त्रालयमा हाजीर भएका छैनन् । अब मरासिनीलाई सरुवा गर्ने लगभग पक्का भइसकेको छ ।

प्रधानमन्त्री कार्यालयका एक अधिकारीका अनुसार ‘अर्थतन्त्रलाई राम्रो सँग बुझेका’ सचिवलाई अर्थ मन्त्रालयमा ल्याउन लागिएको छ । तर, उनी को हुन् भन्नेबारे उनले केही बताउन चाहेनन् । ‘जो आएपनि अहिलेको आर्थिक चुनौती पार लगाउन सक्ने क्षमताका सचिव आउँछन्,’ उनले भने । प्रधानमन्त्री कार्यालयले अर्थमन्त्री जनार्दन शर्मालाई ‘क्रसचेक’ गर्नसक्ने र सजिलो प्रवृत्तिको सचिवको खोजी गरिरहेको छ ।

स्रोतका अनुसार अहिले विभिन्न विकल्पमा छलफल अघि बढेको छ, प्रमुख दाबेदारका रुपमा अघि सारिएको नाम हो, बैकुण्ठ अर्याल । हाल सञ्चार सचिव रहेका अर्याललाई प्रधानमन्त्री कार्यालय बाटै पहिलो प्राथमिकतामा राखेर अघि सार्न खोजिएको छ । अर्याल अर्थमन्त्रालयकै ‘क्याडर’ हुन् । उनले अर्थमन्त्रालयको बजेट महाशाखामा बसेर लामो समय काम गरेका थिए भने प्रकृतिक स्रोत तथा वित्त आयोग र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिवको रुपमा समेत काम गरिसकेका छन् । अर्थसचिवका अर्का दाबेदार केवलप्रसाद भण्डारी हुन् । हाल योजना आयोगमा सचिवका रुपमा कार्यरत रहेका उनी पनि अर्थमन्त्रालयमै लामो समय काम गरेका व्यक्ति हुन् ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार अर्यालको सम्भावना भण्डारीको भन्दा केही बलियो छ । ‘बैकुण्ठ अर्यालको सम्भावना बढी छ,’स्रोतले भन्यो,’तर, अरु नामहरु बारे पनि बिमर्स भइरहेको छ ।’ राजस्व सचिव कृष्णहरी पुष्कर, अख्तितयार दुरुपयोग अनुसन्धन आयोगका सचिव तोयम राया र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनकुमार पोखरेल पनि अर्थसचिवका दाबेदार हुन् । तर, उनीहरु प्रधानमन्त्री कार्यालयको प्राथमिकतामा भने छैनन् ।

राजस्व सचिव पुष्करले सकेसम्म राजस्व सचिवका रुपमा कायमै रहने सुनिश्चिताता खोजेका छन् । तर, प्रधानमन्त्री कार्यालय र अर्थमन्त्री शर्मा स्वयम् पुष्करका सम्बन्धमा खासै सकारात्मक नरहेको स्रोत बताउँछ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports