प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

धादिङ, चितवन र कास्कीका विभिन्न स्थानमा सडकहरु पहिरोले अवरुद्ध

715
shares

काठमाडौं ।धादिङको तिङ्ग्राङ खानी र चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो जाँदा काठमाडौं उपत्यका बाट उक्त सडकखण्ड हुँदै देशका विभिन्न स्थानमा आउ-जाउ गर्ने लामो तथा छोटो दुरीका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो गएका कारण गएराति देखि नै आवागमन पूर्ण रुपमा अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका-२९ केराबारी, १७ किलो र इच्छाकामना गाउँपालिकाको वडा नम्बर २ र ३ जोड्ने पुलमा पहिरो खसेको छ ।

पहिरो हटाउने पहल भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । राति देखि रोकिएका सवारी साधनहरुको लामो लाइन छ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङ स्थित बेनिघाट रोराङ गाउँपालिका-१० तिङ्ग्राङ खानीमा आज बिहान तीन बजे पहिरो खसेकाले सवारी आवागमन अवरुद्ध भएको छ । त्यहाँको पहिरो हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । धादिङकै धुनिबेशी नगरपालिका-९ अन्तर्गत निर्माणाधिन सुरुङमार्ग नजिकै गएराति खसेको पहिरो भने पन्छाइएको छ । पहिरो पूर्ण रुपमा हटाएर दुई तर्फी सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

यसैगरी पोखरा महानगरपालिका बेगनास बाट लमजुङको भोर्लेटार जाने सडक र कास्कीकै नयाँपुल घान्द्रुक उल्लेरी सडक खण्ड पनि पहिरोले अवरुद्ध भएको छ । यसैगरी कास्कीको पोखरा-२९ घोतघोते स्थित पृथ्वी राजमार्गमा नहरको पानी सडकमा बगिरहेकाले सवारी साधन फस्ने, दुर्घटना हुने सम्भावनाका कारण पावरहाउस र ताल चोक बाट डाइभर्सन गरिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports