kumari
stcnepal

सप्तरीमा करेन्ट लागेर ससुरा- बुहारी सहित तीन जनाको निधन

सप्तरी ।सप्तरीमा बुधबार करेन्ट लागेर ससुरा–बुहारी सहित तीन जनाको निधन भएको छ ।कञ्चनरुप नगरपालिकामा गए राति करेन्ट लागेर दुई जनाको निधन भएको हो । निधन हुनेमा कञ्चनरुप–६ का ४० वर्षीय सौदानन्द सरदार र २० वर्षीया अन्जली सरदार छन् । उनीहरु ससुरा–बुहारी हुन् ।

इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायब उपरीक्षक रामकुमार यादवका अनुसार सात महिनाकी गर्भवती अन्जली आफ्नै आँगनमा मोटर जडान गरिएको ट्युबेलमा पानी लिन जाँदा करेन्ट लागेको हो । अचेत भएकी बुहारीलाई छुटाउन गएका सौदानन्दलाई समेत करेन्ट लागेको थियो । दुवै जनाको घटनास्थलमा नै निधन भएको यादवले बताए ।

त्यस्तै सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरमा ५६ वर्षीय शिवशङ्कर साहको समेत करेन्ट लागेर निधन भएको छ । आफ्नै घरको आँगनमा रहेको चापाकलमा जडान गरिएको मोटरमा पानी तान्ने क्रममा उनलाई करेन्ट लागेको हो ।

footer