kumari
stcnepal

पार्टी पदाधिकारी छिट्टै टुंग्याउछौँ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी पदाधिकारी छिट्टै टुंगो लगाउने बताएका छन् । जापानको पाँच दिने भ्रमण सकेर स्वदेश फर्किएका प्रचण्डले पदाधिकारी टुंगो लगाएर निर्वाचनमा जाने बताएका हुन् ।

पदाधिकारी कोटको खल्तीमा छ कहिले सार्वजनिक गर्नुहुन्छ ? भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा प्रचण्डले मिडियाका साथीहरुले अलि धेरै नै भनेकाले पदाधिकारी बनाएरै छाड्ने बताए ।

यस्तै प्रचण्डले राष्ट्रपतिले नागरिकता विधेयक रोक्न नहुने बताए । राष्ट्रपतिले नागरिकता विधेयक नरोक्न प्रचण्डले विश्वास व्यक्त गरे ।

footer