पछिल्लो समयमा रास्वपा र बालेन सरकारबीचमा केही विवाद उत्पन्न भएको छ । रास्वपाका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमालेको रिसले जनतालाई धोका

715
shares

 

काठमाडौ । आउँदो मंसिर ४ गते संघीय संसद र प्रदेशसभाको निर्वाचन हुने निश्चित भएपछि ठुला भनिएका राजनीतिक दलहरु जोड घटाउमा लागेका छन् ।
सत्ता गठबन्धनमा रहेको पाँच दलीय गठबन्धनले गठबन्धनलाई नै कायम राखेर निर्वाचनमा जाने निर्णय गरेपश्चात् नेकपा एमाले भने दवावमा परेको छ । पाँच दलीय गठबन्धनले नेकपा एमालेलाई जुनसुकै सर्तमा पनि पराजित गर्ने रणनीतिका साथ अघि बढेको छ ।
पाँच दलीय गठबन्धनमा रहेको माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले वाम–समाजवादी मोर्चा बनाए आफूहरु नै सबैभन्दा ठुलो कम्युनिष्ट पार्टी हुने रणनीति लिएका छन् ।
त्यही कारणले गर्दा माओवादी केन्द्रका अध्यष पुष्पकमल दाहालले डा. बाबुराम भट्टराई र वामदेव गौतमलाई माओवादी केन्द्रको निर्वाचन चिन्ह्रमा चुनावमा जान सहमत गराई सकेका छन् भने नेकपा एकीकृतलाई समेत समर्थनमा लिएर एउटै घोषणापत्र बनाएर निर्वाचनमा जाने र निर्वाचनपछि माओवादी केन्द्रको नामै परिवर्तन गरेर नेकपा एकीकृतलाई समेत एकीकरण गरेर ठुलो कम्युनिष्ट पार्टी बनाउने र त्यही पार्टीको बलमा आफू प्रधानमन्त्री बन्ने उद्घोष समेत गरिसकेका छन् ।
वाम–समाजवादी मोर्चा भनेको के हो ? पहिला त्यो प्रष्ट हुनु आवश्यक छ । आफूलाई कम्युनिष्ट हुँ भन्नेहरु अहिले कांग्रेसको पुच्छर समाएर बैतणी तर्ने प्रयासमा सक्रिय भएका छन् ।
कांगेसको विचार, नीति र सिद्धान्तसँग दाहाल नेपालको सिद्धान्त र नीति नै मेल खाँदैन तर उनीहरु सत्ताका लागि आफ्नो सिद्धान्त, नीति र विचारलाई कांग्ेसको पाउँमा राखी फेरी जनतालाई मुर्ख बनाउन हामीहरु कम्युनिष्ट हाँै भन्दै ठुला ठुला डंक पिटिरहेका छन् । पुष्पकमल दाहालले पार्टीको नाम धेरै पटक परिवर्तन गरिसकेका छन् ।
एउटै नामबाट जनतालाई धेरै समयसम्म झुक्याउन सकिँदैन भनेर दाहालले फेरी निर्वाचनपछि पार्टीको नाम परिवर्तन गर्ने उद्घोष गरिसकेका छन् । पार्टीको नाम परिवर्तन भएपनि दाहाल नै अध्यक्ष हुने र सबै सांगठानिक निकायहरु अहिलेकै हुने भएकाले गर्दा पार्टीका नाम परिवर्तनको कुनै औचित्य रहँदैन ।
जब सम्म प्रवृत्तिमा परिवर्तन आउँदेन तबसम्म दशकौं पटक पार्टीको नाम परिवर्तन गरेपनि केही हुनेवाला छैन ।
दाहाल नेपालको एकमात्र उदेश्य भनेको एमालेलाई मुलुकको ठुलो कम्युनिष्ट पार्टी बन्न नदिनु नै हो । त्यो उदेश्य पूरा गर्ने प्रयासका लागि उनीहरु कांग्रेससँग जस्तासुकै सम्झौता गर्न पनि तयार रहेका छन् ।
कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी कांग्रेसको नेतृत्वको सरकारमा रहनु त्यसैको प्रमाण हो भने गठबन्धनमै रहेर चुनावमा जानु कम्युनिष्टहरुलाई धोका दिनु बाहेक अन्य केही हुन सक्दैन । एमालेलाई पराजित गर्ने नाममा जनतालाई धोका दिने दाहाल नेपाललाई अब जनताले नै सबक सिकाउने निश्चित रहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports