तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेसमा देउवाको प्रशंसा पौडेलको आलोचना

533
shares

काठमाडौं ।

नेपाली कांग्रेसको संस्थापन निकट जिल्ला सभापतिहरुको भेलाले क्रियाशील सदस्यताका विषयमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले अनावश्यक विवाद झिकेको आरोप लगाएको छ ।

सभापति शेरबहादुर देउवा निकट जिल्ला सभापतिको बिहीबार बसेको बैठकले क्रियाशील सदस्यता छानबिन समितिले सहमति जुटाइसकेको विषयमा पनि पौडेल समूहले विवाद झिकेको भन्दै आलोचना गरेको हो ।

अरु पार्टीबाट समायोजन भएर आएका नेता कार्यकर्ताबारे पार्टीको केन्द्रीय समितिले सहमति जुटाइसकेको अवस्था छ । तर अहिले आएर समायोजनबाट आएका क्रियाशील सदस्यताको फाइल खोल्नु महाधिवेशन हुन नदिने बखेडा हो,’ जिल्ला सभापति बैठकको निर्णयमा भनिएको छ, ‘महाधिवेशनलाई प्रभावित गर्ने गरी सदस्यता विवाद निकाल्ने अनि पार्टी नेतृत्वले महाविधेशन गरेन भनेर आरोप लगाउने काम भइरहेको छ । यो गलत हो ।

जिल्ला सभापतिहरुले छानबिन समितिले टुंगो लगाएका क्रियाशील सदस्यता फाइल नखोल्न पनि सुझाव दिएको छ । ‘जहाँ–जहाँ सहमति भएको छ, त्यसलाई सदर गरौं, र विवादित भनिएका ठाउँमा विधि र विधानसम्मत रुपमा सदस्यता छानबिन गरौं,’ बैठकको निर्णयबारे मकवानपुर जिल्ला सभापति इन्द्र बानियाँले भने समायोजनबाट आएकाहरुलाई पार्टीमा सदस्यता पनि नदिने हो भने कांग्रेस कसरी बलियो हुन्छ भन्ने प्रश्न उठाएका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports