kumari
stcnepal

ईञ्जिनियरिङ कलेजका विद्यार्थी आन्दोलीत

काठमाडौं ।
ईञ्जिनियरिङ कलेजका विद्यार्थीहरू कोरोनाले गर्दा अनलाइनबाट पठनपाठन भइरहे पनि प्राक्टिकल, टुर, फिल्डस्टडीलगायत नभए पनि शुल्क भने कलेजले सामान्य अवस्थाकै जस्तो गरी मागेपछि विद्यार्थीहरू आन्दोलनमा उत्रिन बाध्य भए ।
हिमालयन कलेज अफ ईञ्जिनियरिङमा पढ्ने विद्यार्थीलाई प्रहरीले हस्तक्षेपसमेत गरेको थियो । यहाँका विद्यार्थीहरू अनसनमा बसेका हुन् । ३५ प्रतिशत शुल्क घटाउन माग गर्दै विद्यार्थीले अनसन गरेको एक हप्ता हुन लागिसकेको छ तर पनि विद्यार्थीको माग पुरा हुन सकेको छैन ।
एड्भान्स ईञ्जिनियरिङ कलेज, सगरमाथा ईञ्जिनियरिङ कलेज, काथफोर्ड ईञ्जिनियरिङ कलेजलगायतमा पनि विद्यार्थीले आन्दोलन र धर्ना दिइरहेका छन् । अनलाइनबाट पढाए पनि भौतिक रूपमा विद्यार्थी उपस्थित भएकै बेलाको जस्तो गरी पुरै शुल्क तिर्न क्याम्पसहरूले ताकेता गरेपछि विद्यार्थी आन्दोलनमा उत्रिएका हुन् ।

footer