गत फागुन २१ गते सम्पन्न भएको संघीय संसद प्रतिनिधिसभाको निर्वाचनमा झण्डै दुई तिहाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा एक महिनादेखि आफ्नै नेताहरुको घेरावन्दी

585
shares

काठमाडौं ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यालय आफ्नै पार्टीका नेता, कार्यकर्ताको घेराबन्दीमा परेको छ । पार्टीको क्रियाशील सदस्यता सम्बन्धी विवाद पार्टी नेतृत्वले सम्बोधन नगरेका कारण सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालय एक महिना यता आफ्नै पार्टीका नेता र कार्यकर्ताको घेराबन्दीमा परेका छन् ।

क्रियाशील सदस्यता वितरणमा भएको धाँधली छानबिन गर्ने आफूहरुको माग ३४ दिनसम्म पनि सम्बोधन नभएकाले पार्टी केन्द्रीय कार्यालयमा गरिएको धर्नालाई निरन्तरता दिन बाध्य हुनु परेको नेपाली कांग्रेस बाराका नेता उपेन्द्र यादवले बताए । उनले आफूहरुलाई न्याय नदिएसम्म जिल्ला नफर्कने बताएका हुन् । यस्तै ३० दिन यता पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिँदै आएका रौतहट क्षेत्र नम्बर १ का नेता, कार्यकर्ताहरुले पार्टीको विधि र विधान विपरीत क्रियाशील सदस्यता वितरण गर्ने काम गरिएकाले त्यसको विरोधमा आफूहरु पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिने कामलाई जारी राख्न बाध्य हुनु परेको बताएका छन् । जिल्ला कार्य समिति रौतहटका कोषाध्यक्ष रामश्रीषप्रसाद साहले विधि र विधान विपरीत दिइएको क्रियाशील सदस्यता खारेज नभएसम्म आफूहरुको धर्नासहितको आन्दोलनलाई जारी राख्ने बताएका छन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports