माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै
वि.सं.२०७८ साउन २९ शुक्रवार १५:१८
shares

काठमाडौँ ।
शेरबहादुर देउवा सरकारमा सहभागी भएको सत्ताधारी दल नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक शनिबार सुरु हुने केन्द्रीय समिति बैठक अघि स्थायी कमिटी बैठक बस्न लागेको हो ।
पार्टी कार्यालय पेरिसडाँडामा बस्ने स्थायी समिति बैठकले केन्द्रीय समिति बैठकका एजेण्डा तयार गर्ने नेताहरुले बताएका छन् । केन्द्रीय कमिटी बैठकको तयारीका लागि बैठक बस्न लागेको नेता देव गुरुङले जानकारी दिए । यसअघि साउन २० गते बोलाइएको केन्द्रीय समिति बैठक सारेर शनिबारका लागि बैठक बोलाईएको हो ।
































