सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बराबरी खोज्ने माधव हैसियत २० प्रतिशत

520
shares

काठमाडौं । माओवादी केन्द्र, माधव गुट, कांग्रेस, जसपा र राजमो मिलेर देउवा नेतृत्वको सरकार त बनाए, प्रधानमन्त्री शेरवहादुर देउवाका लागि यो सरकार निल्नु न ओकल्नु भएको छ । माधव नेपालको दबाब उस्तै, प्रचण्ड आफै सुप्रिम हुन खोज्ने । सरकार चलाउन देउवालाई मर्णान्त ।

यसैवीच २० प्रतिशत पु¥याए पार्टी तोडफोड गर्न पाइने विधेयक ल्याएर एमाले फुटाएर माधव नेपाललाई सहज बनाउन अध्यादेशको व्यवस्था गरिएको छ । केपी ओलीसँग बराबरीको हैसियत माग्ने माधव नेपाल २० प्रतिशतमा झरेछन् । तर यो व्यवस्थाले नेपाली कांग्रेस ६१ जना सांसद भए पनि तोडफोड हुनसक्ने जोखिम रेखाभित्र परेको छ ।

यता प्रचण्डले माधव नेपाल र मधेसी मिलाएर देउवामाथि यसरी दबाब सिर्जना गरेका छन् कि सरकारलाई गाइड गर्न संयन्त्र बनाउनु प¥यो रे ।सूर्यबहादुर थापाका पालामा भूमिगत गिरोह भनिन्थ्यो । यस्तै भूमिगत गिरोह खडा गर्ने, गिरोहको नाइके प्रचण्ड बन्ने । प्रचण्ड संयन्त्रको गाइडलाइनमा रिमोटले टीभी चलाएजसरी देउवाले सरकार चलाउनु पर्ने । कस्तो प्रधानमन्त्री बनेछन् शेरवहादुर देउवा । खाउँ भने दिनभरिको सिकार, नखाउँ भने कान्छा बाउको अनुहार भनेजस्तो भएन त ? त्यसमाथि आफ्नै पार्टीभित्र रामचन्द्र, शशांकदेखि कृष्ण सिटौलासम्मको गुटलाई सत्ताको भाग दिनुपर्ने ?

चुनावमा गएको भए बहुमत ल्याउने नेपाली कांग्रेस माधव नेपाल र प्रचण्डको वरिपरि आरती उतार्नुपर्ने अवस्थामा पो पुग्यो । सत्ता त आयो, कम्युनिष्टको अलोकप्रियताबाट लाभ लिनुभन्दा पनि कम्युनिष्टको सहायक पो बन्नपुग्यो कांग्रेस । वर्तमानमा त्यसै आइपरेको सत्ता कांग्रेसका लागि आउने निर्वाचन पनि हार्ने चिप्लोबाटो पो बन्न थाल्यो ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports