kumari
stcnepal

बराबरी खोज्ने माधव हैसियत २० प्रतिशत

काठमाडौं । माओवादी केन्द्र, माधव गुट, कांग्रेस, जसपा र राजमो मिलेर देउवा नेतृत्वको सरकार त बनाए, प्रधानमन्त्री शेरवहादुर देउवाका लागि यो सरकार निल्नु न ओकल्नु भएको छ । माधव नेपालको दबाब उस्तै, प्रचण्ड आफै सुप्रिम हुन खोज्ने । सरकार चलाउन देउवालाई मर्णान्त ।

यसैवीच २० प्रतिशत पु¥याए पार्टी तोडफोड गर्न पाइने विधेयक ल्याएर एमाले फुटाएर माधव नेपाललाई सहज बनाउन अध्यादेशको व्यवस्था गरिएको छ । केपी ओलीसँग बराबरीको हैसियत माग्ने माधव नेपाल २० प्रतिशतमा झरेछन् । तर यो व्यवस्थाले नेपाली कांग्रेस ६१ जना सांसद भए पनि तोडफोड हुनसक्ने जोखिम रेखाभित्र परेको छ ।

यता प्रचण्डले माधव नेपाल र मधेसी मिलाएर देउवामाथि यसरी दबाब सिर्जना गरेका छन् कि सरकारलाई गाइड गर्न संयन्त्र बनाउनु प¥यो रे ।सूर्यबहादुर थापाका पालामा भूमिगत गिरोह भनिन्थ्यो । यस्तै भूमिगत गिरोह खडा गर्ने, गिरोहको नाइके प्रचण्ड बन्ने । प्रचण्ड संयन्त्रको गाइडलाइनमा रिमोटले टीभी चलाएजसरी देउवाले सरकार चलाउनु पर्ने । कस्तो प्रधानमन्त्री बनेछन् शेरवहादुर देउवा । खाउँ भने दिनभरिको सिकार, नखाउँ भने कान्छा बाउको अनुहार भनेजस्तो भएन त ? त्यसमाथि आफ्नै पार्टीभित्र रामचन्द्र, शशांकदेखि कृष्ण सिटौलासम्मको गुटलाई सत्ताको भाग दिनुपर्ने ?

चुनावमा गएको भए बहुमत ल्याउने नेपाली कांग्रेस माधव नेपाल र प्रचण्डको वरिपरि आरती उतार्नुपर्ने अवस्थामा पो पुग्यो । सत्ता त आयो, कम्युनिष्टको अलोकप्रियताबाट लाभ लिनुभन्दा पनि कम्युनिष्टको सहायक पो बन्नपुग्यो कांग्रेस । वर्तमानमा त्यसै आइपरेको सत्ता कांग्रेसका लागि आउने निर्वाचन पनि हार्ने चिप्लोबाटो पो बन्न थाल्यो ।

 

footer