राप्रपाभित्र आत्मसमीक्षा
वि.सं.२०७८ भदौ ४ शुक्रवार १२:३४
shares

काठमाडौं । संविधानसभाको ८ वर्षमा चौथो ठूलो पार्टी बने पनि संविधान जारी भएपछिको निर्वाचन राप्रपाका लागि घाटाको राजनीति हुनपुग्यो । जम्माजम्मी एक सिटमा चाउरिएको राप्रपाका बारेमा हालै एक लेखकले मरीचको उपमा दिएर राप्रपाको टिप्पणी गरेपछि अध्यक्ष कमल थापाले आत्मसमीक्षा गरेर स्वीकार गरेका छन् ।
अध्यक्ष कमल थापाले लेखेका छन्– मरिच किन चाउरिएको, आफ्नै पिरोले’ भनेजस्तै राप्रपा अरुका कारणले हैन, आफ्नै आन्तरिक कारणले चाउरिएको हो’भन्ने टिप्पणी र विश्लेषणमा केही सत्यता छ । तर,अब राप्रपा अघि बढछ । पार्टी एकता बलियो बनाउछौं । कार्तिकमा महाधिवेशन गर्छौं । विगतका कमजोरी सच्याएर राप्रपालाई अग्रणी शक्ति बनाउछौं । अबको निर्वाचनपछि राप्रपालाई बैकल्पिक शक्ति बनाउँछौं ।
दह्रो छ अध्यक्ष थापाको आत्मबल । यही बल निर्माणमा राप्रपाका ३ अध्यक्ष कमल थापा, पशुपतिशमशेर जबरा र डा.लोहनी जुटेका छन् । कसैले अमिलो निचोरेर भाँडिदिएनन् भने कार्तिकमा महाधिवेशन भएपछि राप्रपाको संगठन बलियो हुने र निर्वाचनको तयारीमा जुट्ने छ । निर्वाचनपछि राप्रपा बैकल्पिक शक्ति बन्नेछ ।

































