विजय चौथाइवालले के सन्देश ल्याए ?
वि.सं.२०७८ भदौ १० बिहीवार १३:४८
shares

काठमाडौं । भारतको सत्तारुढ दल भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालको तुफानी भ्रमण नेपालमा भएको छ । उनले प्रधानमन्त्रीलाई मात्र भेटेनन् प्रम पत्नी आरजु देउवाले भाइ बनाएर राखीसमेत बाँधिदिईन् । नेपाली कांग्रेस र भाजपाको सम्बन्ध मजबुत हुँदैछ । यो सम्बन्ध नेपाल–भारतबीच जनस्तरमा बढेको असन्तुष्टिलाई कम गर्न सक्छ कि सक्दैन ? त्यो महत्वपूर्ण हो ।
भारतीय सुरक्षाकर्मीले महाकालीमा तुइन काटेर नेपालीको हत्या गरिदियो ।
छानबिन समितिले रिपोर्ट बुझाउनै सकेन । किन ? यसअघि भारतीय सुरक्षाकर्मीले गौतम गोविन्दको हत्या कञ्चनपुरकै सीमामा गरेको थियो । त्यतिबेला पनि शेरबहादुर नै प्रधानमन्त्री थिए । उनले भारतलाई किन हत्या गरेको भनेर सोध्न सकेनन् ? अहिले पनि सोधका छैनन् ।जनस्तरमा भारतीय अतिक्रमण र हस्तक्षेप, ज्यानमारा प्रवृत्ति देखेर घृणाभाव बढेको छ । यो घृणाभाव प्रम र भाजपा नेताको प्यारले मात्र हट्नसक्छ ? यथार्थमा भारतका शासकप्रति नेपालमा विद्रोहीभाव बढेर गएको छ । यसका लागि भारतले माफी माग्नुपर्छ, नेपालले आइन्दा यस्तो नहोस् भनेर क्षतिपूर्ति माग्नुपर्छ । शेरबहादुर देउवाको सरकारले नेपालको स्वाधीनता र सार्वभौमिकता बचाउन सक्छन् भन्ने विश्वास चाहि कुनै नेताहरुमा पनि देखिएको छैन ।



































