बानेश्वरमा निधिकोे सम्पर्क कार्यालय
वि.सं.२०७८ भदौ ११ शुक्रवार १४:४७
shares

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले १४औँ महाधिवेशनको तयारी स्वरुप बानेश्वरस्थित बानेश्वर बैंक्वेटमा सम्पर्क कार्यालय खोलेका छन् । कांग्रेसको सभापति पदमा उम्मेदवारी दिने निर्णयगरेसँगै निधिले शुक्रबार बानेश्वरस्थित बानेश्वर बैंक्वेटमा सम्पर्क कार्यालय उद्घाटन गरेका हुन् । उनको सम्पर्क कार्यालयको उद्घाटनमा कांग्रेसका केहि नेताहरु उपस्थित भएका थिए ।





































