kumari
stcnepal

बुद्धएयरले पुष १ गते बाट प्रत्येक दिन सुर्खेत नियमित उडान गर्ने

आगामी पुस १ (डिसेम्बर १६) देखि बुद्ध एयरले एटिआर-७२ जहाजबाट काठमाडौं–सुर्खेत उडान गर्ने भएको छ। यात्रुको बढ्दो माग र सुविधाका लागि बुद्धले एटिआर-७२ मार्फत उडान गर्न लागेको हो। बुद्धले दैनिक बिहान १० बजे काठमाडौं बाट सुर्खेत र ११ः३५ बजे सुर्खेत बाट काठमाडौं उडान गर्ने बताएको छ।

बुुद्धले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै हाल सञ्चालनमा रहेको एटिआर-४२ उडानबाट यात्रुहरूको मागअनुरूप सिट संख्या कम भएकाले एटिआर–७२ मार्फत उडान गर्न लागेको बताएको छ। उक्त जहाज सञ्चालनमा आए सँगै सञ्चालन खर्च कम हुने र यात्रुहरू लाभान्वित हुने कम्पनीले जनाएको छ।

ठूला जहाजको उडानमा कम भाडादरका सिटहरू पनि उपलब्ध हुनेछन्। त्यस्तै यस गन्तव्यमा न्यूनतम भाडादर सात हजार रूपैयाँbबाट सुरू हुने र मागअनुसार दैनिक दुई वटा उडान गर्ने कम्पनीले जनाएको छ।

footer