२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सरकारले भन्यो प्रधान न्यायाधीश राणा माथीको महाभियोग निष्कृय भएको छैन

1.22K
shares

सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा माथि लगाइएको महाभियोग निष्प्रभावी नहुने बताएका छन्। उनले प्रधानन्यायाधीशमाथि लगाइएको महाभियोग संसदको सम्पत्ति भएको र अब बस्ने नयाँ संसद बैठकमा यसबारे छलफल गरिने बताए।

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्ने कार्यक्रममा पत्रकारले राखेको प्रश्नमाथि जवाफ दिँदै सरकारका प्रवक्ता कार्कीले राणा माथि लगाइएको महाभियोग जीवितै रहेको बताए। ‘महाभियोगको विषय जिवितै छ। अब बस्ने प्रतिनिधि सभा बैठकमा यसबारे छलफल हुन्छ,’ उनले भने, ‘महाभियोग संसदको सम्पत्ति हो। नयाँ संसदमा यसबारे छलफल गरेर निर्णयमा पुग्छौं।’

संघीय संसद सचिवालयले भने चोलेन्द्रलाई महाभियोग निष्प्रभावी भएको पत्र दिएको छ। सोही पत्रका आधारमा चोलेन्द्रशमशेर सर्वोच्च आउन लागेका छन्। नेपाल बार लगायतले चोलेन्द्रलाई सर्वोच्च छिर्न नदिने बताइरहेका छन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports