राप्रपा र रास्वपाको बैठक आज बस्दै, दुबै पार्टीले समानुपातिकका सांसदको टुंगो लगाउने
वि.सं.२०७९ मंसिर २४ शनिवार ०७:४६
shares

राप्रपाले समानुपातिक तर्फको सांसदको टुंगो लगाउनका लागि बैठक बोलाएको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले शनिबार बिहान ११ बजेका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको जानकारी दिए ।
उनका अनुसार बैठकमा निर्वाचनको समीक्षा एवं निर्वाचन आयोगले दिएको समय सीमा भित्र प्रतिनिधि सभा तर्फ ७ र विभिन्न प्रदेशसभा तर्फ १७ समानुपातिक सांसदको टुंगो लगाउने विषयमा छलफल हुनेछ ।
राप्रपाले निर्वाचन बाट प्रतिनिधिसभा तर्फ र प्रदेशसभा तर्फ गरेर समानुपातिकमा २४ सिट भाग पाउँदा प्रत्यक्ष समेत गरेर ४२ सिट जितेको छ। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि समानुपातिकको सूचीलाई अन्तिम रुप दिन शनिबार नै बैठक बोलाएको छ । रास्वपाले प्रतिनिधिसभामा समानुपातिक तर्फ १३ सिट पाएको छ ।




































