२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

समानुपातिक सांसदमा नराखिएको भन्दै राप्रपा कार्यालय कास्कीमा तोडफोड र तालाबन्दी

1.38K
shares

पोखरा ।गण्डकी प्रदेश सभामा कास्कीबाट समानुपातिक सांसद नछानिएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी कास्की र गण्डकीको प्रदेश कार्यालयमा कार्यकर्ताले ताला लगाएका छन् । राप्रपाले प्रत्यक्ष तर्फ जित्न नसके पनि गण्डकी प्रदेश सभामा समानुपातिक पद्धति बाट २ सिट पाएको छ ।

कास्कीका राप्रपा कार्यकर्ताले सबैभन्दा बढी मत आएको जिल्ला कास्कीलाई छाडेर अन्य जिल्ला बाट सांसद छानिएको भन्दै आइतबार साँझ तालाबन्दी गरेका हुन् । गण्डकी बाट २ जना समानुपातिक सांसद पाउँदा राप्रपाले पार्टीका गण्डकी प्रदेश अध्यक्ष पञ्च तमु र नवलपुरकी विन्दु पहाडी छानिएका छन् ।

तमु आदिवासी जनजाति तर्फ र पहाडी खसआर्य महिलातर्फ बाट १ नम्बरमा थिए । तर, कास्कीका कार्यकर्ताले भने मिलाउने ठाउँ हुँदाहुँदै पनि कास्कीलाई बेवास्ता गरिएको बताए । ‘कास्कीबाट समानुपातिक सांसद नपरेको भन्दै असन्तुष्ट कार्यकर्ताले ताला लगाउनुभएछ,’ कास्की राप्रपा प्रवक्ता अरुण गिरीले भने, ‘सबैभन्दा धेरै मत कास्कीले ल्याउने तर एक जना पनि सांसद नपार्ने भन्ने असन्तुष्टि पार्टी नेतृत्व प्रति देखिएको होला ।’

कास्कीका नारायण गुरुङ, सुनिता केसी, वरुणविक्रमण राणासहित ५ जना बन्द सूचीमा थिए । राप्रपाले कास्कीमा १७ हजार ८८२ र प्रदेशमा ५९ हजार ४८३ ल्याएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports