गत फागुन २१ गते भएको संसदको निर्वाचनमा झण्डै दुई तिहाई मत ल्याउन सफल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

विश्वकप फुटवल फाइनल प्रवेशका लागि आज अर्जेन्टिना र क्रोएसिया बीचको खेल हुने

637
shares

काठमाडौं। कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आज बाट सेमिफाइनलका खेलहरु हुँदैछ । पहिलो सेमिफाइनल खेल दुई पटक विश्वकप विजेता अर्जेन्टिना र साविकको विश्वकप उपविजेता क्रोएसिया बीच हुँदै छ ।

लुसेल रंगशालामा हुने अर्जेन्टिना र क्रोएसिया बीचको खेल आज राति १२ः४५ बजे बाट सुरु हुनेछ । अर्जेन्टिनाले नेदरल्याण्डसलाई र क्रोएसियाले ब्राजिललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सेमिफाइनलमा पुगेका थिए ।

क्रोएसिया लगातार फाइनल प्रवेश गर्ने दाउमा छ भने अर्जेन्टिना सन् २०१४ पछि फाइनलमा पुग्ने लक्ष्यमा छ । यसअघिका दुई विश्वकपमा फाइनल पुगेका दुवै टोली पराजित भएका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports