kumari
stcnepal

महन्थ ठाकुर नेतृत्वको लोसपा सरकारमा जाने

काठमाडौं ।लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सरकारमा सहभागी हुने भएको छ । यसअघि नै सत्ता गठबन्धनमा रहेकाले निरन्तरता स्वरूप सरकारमा सहभागी हुने नेता केशबकुमार झाले बताए ।

उनले भने, ‘पार्टी बैठकमा शीर्ष नेताहरू बीच सरकारमा सहभागी हुने विषयमा छलफल भएको छ । यसअघि पनि सत्ता गठबन्धनमै रहेकाले कुनै नयाँ निर्णय गर्न जरुरी छैन ।’ नेता झाका अनुसार संविधान संशोधन लगायतका मुद्दा कायम छन् ।

उनले निर्वाचन अघिकै निर्णयको निरन्तरता भएकाले सरकारमा सहभागी हुन कुनै फरक माग भने नरहेको उनले जानकारी दिए । वर्षदिन पहिले जनता समाजवादी पार्टी (जसपा)बाट फुटेर महन्थ ठाकुरकाे नेतृत्वमा गठित मधेश केन्द्रित राजनीतिक दल हाे ।

footer